News राजनीति

ओलीको ब्यंग्य – अग्रगमन र गतिको डुंगा पछाडि तानेर वसेकाहरु छुटे

ओलीको ब्यंग्य – अग्रगमन र गतिको डुंगा पछाडि तानेर वसेकाहरु छुटे

प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमनको गति रोक्न खोज्नेहरु आफै पछि परेको वताएका छन् ।

काठमाडौंमा सुदुरपश्चिमका कार्यकर्ता सहभागी भएको भेलामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले ‘अगाडि वढ्न दिदैनौ’ भन्दै पछाडिवाट पक्रेर वसेकाहरुले डुंगा रोक्न नसकेको वताए । ‘अग्रगमन र गतिको डुंगा अगाडि बढ्यो । डुंगा समातेर बसिराख्नेहरू छुटे’ उनले भने–‘डुंगा रोक्न नेताहरूले सकेनन्।’

अर्को प्रशंगमा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताए। ‘पार्टी एकता गर्दाको आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरे’ उनले भने–‘पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए। भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो ।’

पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको उनले बताए । पार्टीभित्र दाहाल, नेपाल लगायतका नेताहरुलाई सन्तुष्ट वनाउन आफूले जति प्रयास गरे पनि असफल भएको बताए। आफुले जति प्रयास गरेपनि उनीहरुकै कारण एकता जोगाउन असफल भएको उनले जानकारी दिए । 

‘माओवादीसँगको एकता भागवण्डाका लागि थिएन, समृद्धि र स्थायित्वका लागि थियो’ ओलीले भने–‘वहाँहरुलाई नुहाउनका लागि धेरै साबुन, धेरै स्याम्पु र पानी खर्च गरियो । तर, साथीहरू जस्ताको त्यस्तै छन।’ 
 

विशेष