‘म मर्छु तर प्रचण्ड– माधवको आकांक्षा पुरा हुन दिँदिनँः केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरे पनि पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको आकांक्षा पूरा हुन नदिने घोषणा गरेका छन् ।
सुदूरपश्चिम क्षेत्रका आफूनिकट नेकपाका कार्यकर्ता तथा नेताहरूको राजधानीमा भएको भेलालाई सम्बोधन गर्दै उनले भने– ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिनँ। चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ।’ उनले भने, ‘माइतीघरको चिसो भुइँमा बसेर रमिता देखाउने होईन, अव चुनावको तयारीमा लाग्नुहोस्।’
प्रधानमन्त्री ओलीले कमिललालाई पनि काल आयो भने प्वाँख पलाउने उदाहरण प्रस्तुत गर्दै प्रचण्ड–नेपाल समूहलाई त्यसैसँग तुलना गरे। ‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अहिले यिनीहरु फुरफुर गरेर हिँडेका छन् । यिनका हिसाब जनताले राखेका छन्।’
ओलीले माधवकुमार नेपाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाए। ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्। मलाई केही पनि भन्नु छैन’–उनले भने।
प्रचण्डले आफुलाई कारवाही गरेको भन्दै उनले ब्यंग्य गरेका छन् । ‘केही मान्छेहरु किन उत्ताउलिएका हुन्?’ओलीको प्रश्न छ–‘केपी ओलीलाई पार्टीबाट निकाल्न प्रचण्डले बनाएको कार्यकर्ता हो र?