बिजनेश भएन भने सदन लामो समय लैजान सकिदैनः अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाको हिउदे अधिवेशन पुर्व राष्ट्रियसभा सदस्यहरूको पीसीआर परीक्षण गरिने भएको छ । संघीय ससद् सचिवालयले बिहीबार राष्ट्रियसभा सदस्यहरूको पीसीआर परीक्षण गर्ने भएको हो ।
शुक्रबारबाट सुरु हुने अधिवेशनका लागि बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था गरिएको अध्यक्ष गणेश अध्यक्ष तिमिल्सिनाले वताए । सांसदहरूलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन पनि उनले अपिल गरेका छन् ।
संसद् भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरूलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानी अपनाउन आग्रह गरे ।
तिमिल्सिनाले प्रतिनिधि सभा नभएकाले बिलहरू दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सरकारी बिजनेश भएन भने सदन लामो समय लैजान नसकिने बताए ।
राष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेका लागि वोलाईएको छ ।