नेपालवाट किन निरास भएर फर्कियो चीनियाँ टोली ?
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि औपचारीक विघटनको पर्खाईमा रहेको नेकपाका नेताहरुलाई मिलाउन आएको चीनियाँ प्रतिनिधि मण्डल निरास भएर फर्केको छ ।
चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले भारत र अमेरिकी प्रभावमै संसद् विघटन भएको बुझाई वनाएर फर्केको श्रोतले जनाएको छ । चिनियाँ टोली नेकपालाई एक गर्नकै लागि नेपाल आएपनि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको ब्यवहारका कारण निरास भएर फर्केको जनाईएको छ ।
अमेरिकी सहयोग एमसीसी संसद्बाट अनुमोदन गराउने र चीनको बीआरआई परियोजना कार्यान्वयन नगर्ने नियत अनुसारनै ओली चीन प्रति सकारात्मक हुन नसकेको टोलीले निस्कर्ष निकालेको नेकपाका एक नेताले वताए ।
प्रतिनिधिसभा विघटनलगत्तै चिनियाँ राजदूत होउ यान्छीले पनि प्रधानमन्त्री ओली वाहेक राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेतासँग भेट गरेकी थिईन । प्रधानमन्त्री ओलीले भने राजदूतलाई भेट दिएका थिएनन् ।
ओलीले गुओ नेतृत्वको टोलीसँग पनि भेट्न रुचि देखाएका थिए । तर, विदेश सल्लाहकार डा. राजन भट्टराईको पहलमा टोलीसँग भेट गरेका ओलीलाई भारतीय रअ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरवणेदेखि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवासँगको भेटका विषयमा सवाल उठाईएको थियो । तर, ओलीले भने यस विषयमा खासै खुलेर कुरा नगरेको श्रोतको दावी छ ।
राष्ट्रप्रति र प्रधानमन्त्रीसँगको सम्वाद सकारात्मक नभएपनि प्रचण्ड, माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग भने उनीहरुको सकारात्मक वार्तालाप भएको थियो । त्यसैले, चीन अव ओली पछिको सरकारसँग सम्वन्ध राम्रो वनाउने तिर लागि परेको वताईन्छ ।