भरुवा भन्दुकको छर्रा लागेर वन रक्षकको मृत्यु
उदयपुरको बेलका स्थित सव डिभिजन वन कार्यालयका वन रक्षकको गोली लागेर मृत्यु भएको छ ।
दुहबी निवासी ४० वर्षीय लेखनाथ बास्तोलाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राती जंगलमा गस्ती गर्न गएका वास्तोलाले लोड गरिएको भरुवा बन्दुक फेला पारेका थिए । राति करिव १० बजेतिर वन्दुक वोकेर उनी कार्यालय फर्किएका थिए । गाडिमा राखिएको वन्दुक झिक्ने क्रममा वन्दुक पड्किएर उनी घाईते भएका थिए ।
बेलका नगरपालिका–१ स्थित वन कार्यालयको गेटमै बन्दुक पड्किँदा उनको छातीमा छर्रा लागेको थियो । सोहि कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।