News व्यापार

नाकाबन्दीले नेपाल–चीन व्यापारमा २५ प्रतिशतले गिरावट

नाकाबन्दीले नेपाल–चीन व्यापारमा २५ प्रतिशतले गिरावट

चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक वर्ष ०७७-७८ को पहिलो चार महिनाको अवधिमा नेपालको चीनसँगको व्यापार एक वर्षको अवधिलाई आधारमान्दा ठूलो गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापारको तुलनामा २५ प्रतिशत अर्थात ५०८ मिलियन अमेरिकी डलरले गिरावट आएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६८० मिलियन अमेरिकी डलरको व्यापार भएको थियो ।

चीन भारतपछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो ।

“चीनको आयात कम हुन भनेको समग्र आयातमा परेको मन्दीको एक हिस्सा हो,” भन्सार विभागका महानिर्देशक सुमन दाहालले मंगलबार सिन्ह्वालाई भने ।

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा नेपालको समग्र आयात १० दशमलव ६२ प्रतिशतले घटेर ३ दशमलव ३८ बिलियन अमेरिकी डलर पुगेको थियो । कोरोना महामारीले वैश्विक आपूर्ति श्रृंखलामा पुर्‍याएको अवरोधका कारण उक्त व्यापार घाटा बढेको बताइएको छ ।

दाहालले भने, “चीनसँगको व्यापारमा असर पारेको अर्को कारण स्थलमार्गबाट हुने चिनियाँ आयात ठप्पप्राय हुनु हो । तर भारतबाट हुने आयात भने स्थलमार्गबाटै निरन्तर भइरहेको छ ।”

रासुवागढी-केरुङ र तातोपानी नाका कोरोना महामारी भन्दै चीनले महिनौंसम्म नाकाबन्दी गरेपछि चिनियाँ आयात ठप्प भएको थियो । नेपालबाट चीनका मुख्य आयात हुने वस्तुहरू भनेको मोबाइल फोन, मेशिनरी, विद्युतीय वस्तुहरू, तयारी पोशाक र रासायनिक मल हुन् ।

यो पनि

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

विशेष