News राजनीति

‘प्रचण्डको नजर प्रधानमन्त्रीको कुर्षी, पार्टीको सम्पत्ति र जमिनमा मात्रै’

‘प्रचण्डको नजर प्रधानमन्त्रीको कुर्षी, पार्टीको सम्पत्ति र जमिनमा मात्रै’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नजर प्रधानमन्त्रीको कुर्षी, पार्टीको सम्पत्ति र जग्गा जमिनमा मात्रै रहेको वताएका छन् ।

केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार प्युठानमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो वताएका हुन् । 

कार्यकारी अध्यक्षले संगठन निर्माणमा ध्यान दिन छोडेर प्रधानमन्त्रीको कुर्सीमात्रै ताक्ने, वालुटार मात्रै देख्ने, अनि पार्टीको सम्पत्ति र जग्गा कब्जा गर्न मात्रै ध्यान दिने गरेकै कारण अहिलेको समस्या आएको उनको आरोप छ ।

प्रचण्ड र माधव नपालले पत्राचार गरेर पार्टीको वैंक खाता रोक्न लगाएको र सुदूरपश्चिममा पार्टीको खाताको पैसा समेत निकालेको प्रशंगमा वोल्दै उनले भने ‘उहाँको नजर खाली यस्तै–यस्तै कुरामा छ, पार्टी वनाउनमा छैन ।’ 

विघटित प्रतिनिधिसभामा खाली ठाउँ भएपछि त्यसमा माधन नेपाल अध्यक्ष बन्नु र प्रचण्ड संसदीय दलको नेतामा चयन हुनुले पनि उनीहरू कति पदका भोका रहेछन् भन्ने स्पष्ट हुने पोखरेलले तर्क गरे। 

प्रचण्ड’ले सपनामा पनि प्रधानमन्त्रीको कुर्सी मात्रै देख्ने गरेको भन्दै उनले ब्यंग्य गरे । ‘भदौमा दुई अध्यक्षका बीचमा भएको सहमति अनुसार प्रचण्डलाई पार्टीको काम हेर्ने गरी कार्यकारी अधिकार दिइएको थियो, तर उहाँ सधैं बालुवाटार जानुभो र सरकारमा मात्रै ध्यान दिनु भो,’ पोखरेलले भने, ‘कार्यकारी अध्यक्षले चैतमा महाधिवेशन गर्न तयारी गर्नुपर्ने होनी । तर, उहाँले त्यो सबै छोडेर प्रधानमन्त्रीको कुर्सीमा मात्रै ध्यान केन्द्रित गर्नु भो र पार्टीमा समस्या उत्पन्न भयो।’

विशेष