News अन्तरवार्ता भिडियो देश राजनीति

ओलीलाई जनताले वालुवाटारवाट घिसारेर सडकमा ल्याउँछन् : युवा नेता रिजाल [भिडियो अन्तरवार्ता]

ओलीलाई जनताले वालुवाटारवाट घिसारेर सडकमा ल्याउँछन् : युवा नेता रिजाल [भिडियो अन्तरवार्ता]

युवा कम्युनिष्ट नेता रामप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको रहस्यमय सम्वन्धले मुलुकलाई अस्थिरतातिर धकेलेको आरोप लगाएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको सम्वन्ध यसैगरी अघि वढिरहे मुलुक द्वन्द्वमा जाने उनको दावी छ।


नेपाल आजसँगको विशेष कुराकानीमा क्रममा रिजालले भने–‘वहाँहरु विचमा जुन किसिमको सम्वन्ध छ, यो मुलुकलाई अस्थिरतातिर धकेल्ने किसिमले अघि वढिरहेको छ। ब्यवस्थालाई समाप्त पार्ने किसिमले अघि वढेको छ ।’

उनीहरुको सम्वन्ध प्रधानमन्त्री र राष्ट्रपति भन्दा पनि वाहिर गएको देखिएको उनले वताए । ‘पार्टीका वैठकमा जान नसक्ने, देश सञ्चालनका लागि प्रधानमनत्री कार्यालयमा जान नसक्ने तर, राष्ट्रपतिलाई दिनमा ४ पटक भेटन जान सकने ?’ उनले प्रश्न गरे–‘प्रधानमन्त्रीले दिनमै ४ पटक राष्ट्रपतिलाई भेटनु पर्ने यो कस्तो खालको सम्वन्ध हो ।’

प्रधानमन्त्री र राष्ट्रपतिको सम्वन्ध मुलुकलाई वर्वादीतिर लैजाने र ब्यवस्थालाई समाप्त पार्ने हिसावले अघि वढिरहेको रिजालको वुझाई छ । ‘यो देशलाई प्रगितमन तिर लाने र आफु राजा हुने हिसावले वहाँहरु  अघि वढिरहुन भएको छ’ उनले भने–‘तर, जनताले जुनसुकै तानाशाहि ब्यवस्था र शासकलाई जरैदेखी उखेलेर फ्याल्छन। ओली जीहरु केहि होईनन् ।’


प्रधानमन्त्री र राष्ट्रपतिको राजनितिक समिकरण नै अवैध समिकरण भएको उनले वताए । ‘राष्ट्रपति भनेको देशको अभिभावक हो। तर, प्रधानमन्त्रीले जे गर्दा पनि वहाँले स्विकृति गरिदिने। गणतन्त्र, संघियता र ब्यवस्थालाई समाप्त पार्ने उदेश्यले योजनावद्ध ढंगले देशी÷विदेशी प्रतिक्रियावादी शक्तिहरुको साँठगाँठमा ओलीले संसद विघटन गरेर गईसकेपछि यसलाई रोक्ने र कानुनी प्रकृयाको वारेमा वुझने दायित्व राष्ट्रपतिको हो की होईन ?’ उनले भने–‘कानुनविद, राजनितिक दलका प्रमुखहरुलाई वोलाएर सल्लाह गर्नु पथ्र्यो नी । त्यो केहि नगरी, जे आए पनि स्विकृति गरिदिने? भोली ओलीले मन्त्रीपरिषदको वैठक राखेर अदालत पनि विघटन गरिदिने भनेर सिफारिस लिएर जानु भो भने त्यो पनि राष्ट्रपतिले स्विकृति गरिदिनु हुन्छ । त्यो अवस्था देखियो नी।’


संसद विघटन असंवैधानीक हो, चुनाव हुँदैन
प्रधानमन्त्री ओलीले संविधानमै नभएको ब्यवस्था प्रयोग गरेर संसद विघटन गरेकाले त्यो असंवैधानीक कदम भएको उनको आरोप छ । ‘यो चुनाव नाटक मात्र हो, हुन सक्दैन। वहाँ चुनाव होईन, ब्यवस्था समाप्त पार्ने तरिकाले अघि वढिरहनु भएको छ’ उनले भने–‘चुनाव हुन सक्दैन। तर, संसद पुनर्स्थापना हुन्छ र हुनै पर्छ ।’

ओलीलाई जनताले वालुवाटारवाट घिसारेर सडकमा ल्याउँछन्
नेता रिजाल नेकपाले ओलीको नेतृत्वमा नभई गठवन्धनको घोषणा पत्रका कारण चुनाव जितेको वताउँछन् । ‘नेपाली जनताले सुर्य चिन्हलाई र तत्कालिन एमाले–माओवादीको गठवन्धले अघि सारेका एजेण्डालाई भोट दिएका हुन् । तर, प्रधानमन्त्री ओली जनमतको अपहेलना गरेर एकलौटी र निरंकुश तरिकाले अघि वढिरहेका  छन् । अव उनलाई जनता, परिवर्तनकारी शक्ति र राजनीतिक दलले वालुवाटारवाट सडकमा घिसारेर ल्याउँछन् । त्यो समय आउँदैछ, टाईम लाग्दैन।’– उनले भने।

सरकार आफनै कारणले अस्थिर भएको हो, कसैको अवरोध छैन
सरकारलाई पार्टीवाटै असहयोग भएको र प्रधानमन्त्रीलाई घेरावन्दी गरेर कामै गर्न नदिएको हल्ला अनावश्यक भएको उनको तर्क छ । ‘मन्त्रीमण्डलमा आफना खालका अनि असक्षम र भ्रष्टाचारीलाई लगेर राख्नु भएको छ । वहाँ पार्टीको निर्णय, विधि, पद्धती र कानुन पनि नमान्ने अनि कस्ले गर्यो अवरोध ?’ उनले भने –‘प्रधानमन्त्री कार्यालय वर्षमा एक पटक पनि नआउने । सरकार, देश र पार्टी चलाउने कुरा वालुवाटरमा सुतेर हुन्छ ?’

ओलीको पालामा काण्डैकाण्ड भएको पनि उनले सुनाए । गुठि विधेयक, यति प्रकरण, स्वास्थ्य सामग्री खरिद प्रकरण, गोकुल वास्कोटाको ७० करोडको टेप प्रकरणलगायतका उदाहरण दिएका रिजालले उनका मन्त्रीहरु सवै भ्रष्टाचारमा चुर्लुम्म डुवेको आरोप लगाए । ओली भ्रष्टाचारीलाई संरक्षण गर्ने अनि गुण्डागर्दी शैलीमा सरकार चलाउने प्रवृत्तिवाट अघि वढेको उनको आरोप छ ।

कोरोनाको यत्रो महामारीका वेला पनि जनताले सरकार खोजेर हिड्नु पर्ने अवस्था आएको उनले वताए । ‘जनता कोरोनाले आक्रान्त छन्, जनतालाई सहुलियत तरिकाले उपचार गर्नु पर्ने वेलामा सरकार छैन, खोज्नु पर्ने अवस्था छ’ उनले थपे–‘प्रजातन्त्र आईसकेपछि यत्तिको भ्रष्टाचारी, नालायक, प्रतिगामी सरकार अर्को आएकै थिएन । ओली हिजोका राजा–महाराजभन्दा खतरा तरिकाले ओली अघि वढिरहेका छन् ।’ 

‘निर्वाचन गर्नु भनेको निरंकुशता हो ?’ भन्ने नेपाल आजको प्रश्नमा उनले भने–‘जनताले हिजो नेकपालाई ५ वर्षका लागि जनमत दिएको हो। ओलीले काम गर्न सकेनन् र पार्टीले उनलाई विस्वास गरेन भने प्रधानमन्त्री कस्लाई वनाउने भन्ने कुरा वहुमत पार्टीको संसदिय दलले निर्णय गर्छ ।  काम गर्न सकिएन भने छोड्नु पर्छकी पर्दैन ?’ उनले भने–‘उनमा यदि हिम्मत हुन्थ्यो भने संसदमा फेस गर्नु पथ्र्यो र वहुमत सिद्ध गर्न सक्नु पथ्र्यो । तर, ओलीले त्यसो नगरेर संसद विघटन गरे, त्यो भनेको जनमतको अपमान हो ।’

प्रधानमन्त्रीको प्रवृत्ति दुर्योधन र सकुनीको जस्तै
विकास निर्माणका काम भईरहेको, नयाँ नक्सा जारी भएको र प्रधानमन्त्रीले स्वाधिनताका कुरालाई डटेर अगाडि वढाईरहेको विषयमा पनि उनले आपत्ति जनाए । सकुनीले दुर्योधनलाई गलत सल्लाह दिएर महाभारत गराएको र लाखौंको धनजन क्षती भएको प्रशंग उठाउँदै उनले भने–‘ओलीको अहिलेको प्रवृत्ति सकुनी र दुर्योधन दुवैसँग मेल खान्छ ।’

पार्टीका निर्णय, वैठक, विधि, पद्धती र कानुन केहि नमान्ने भन्दै प्रधानमन्त्री ओली अराजक भएको उनले वताए । फ्रान्सका राजा लुई चौधौले ‘म नै राज्य हुँ। म जे भन्छु त्यो कानुन हो’ भनेको कुरा स्मरण गर्दै रिजालले भने –‘ओली पनि म नै राज्य र म नै राजा हुँ भन्छन् । म प्रधानमन्त्री भईन भने देश समाप्त हुन्छ । मैले वस्न पाईन भने यो कुर्षि नै भाँचिदिन्छु, अरुलाई पनि वस्न दिन्न । यो ब्यवस्था नै समाप्त गरिदिन्छु भनेर वहाँले वोलिसक्नु भएको छ ।’


प्रधानमन्त्री ओलीलाई श्री ३ खड्ग शमसेर ओलीको संज्ञा दिएका रिजालले जुन किसिमको गतिविधि गरिएको छ र जुन किसिमको निरंकुश कदम चालिएको छ, त्यो हिसावले प्रधानमन्त्री खड्ग समशेर ओली समाप्त भएको वताए । ‘संसद विघटन गरेको दिनदेखि नै वहाँ समाप्त हुनु भयो’ उनले भने–‘ओलीको कदमलाई साथ दिएर महाँरानी विद्यादेवी भण्डारी पनि त्यहि वाटोमा अघि वढ्नु भो। ओलीका हरेक गलत, निरंकुश र प्रतिगामी कदमको मतियार हुनुभो। वहाँ त राष्ट्रको होईन, ओलीको मात्र राष्ट्रपति हुनु हुँदो रहेछ । जस्ता सुकै गलत कार्यलाई पनि वहाँले स्विकृति दिनुभो ।’

ओली र भण्डारीले जतिसुकै प्रकरण गरेपनि जनताले त्यसलाई साथ नदिने उनले वताए । ‘यो निरंकुश तरिका नेपाली जनताले मान्दैनन् । निरंकुशता लागु गर्दा हिजो राजा–माहाराजा पनि समाप्त हुनु पर्यो । २४० वर्षको इतिहाँस वोकेको राज संस्था समाप्त भयो। राणाहरु समाप्त भए, पञ्चहरु समाप्त भए, संसारका निरंकुश सासकहरु पनि आफनै कारणले, आफनै शैलीले, आफनै ब्यवहारले र आफनै कदमले समाप्त भएका छन्’ उनले भने–‘जुन किसिमले खड्ग सम्शेर ओलीले यो कदम चालिवक्सेको छ, यहि कदमले वहाँलाई समाप्त पारिसकेको छ ।’

सडकवाट संसद पुनर्स्थापना हुन्छ
रिजालले सवै कानुनी प्रकृया वन्द गर्दै जाने र सर्वोच्च अदालत पनि निरंकुश भएर अघि वढ्ने हो भने जनताले सडकवाटै संसद पुनर्स्थापना गर्ने दावी गरे । ‘कानुनी प्रकृया वन्द र अदालत पनि निरंकुश भएर प्रतिगमनलाई साथ दियो भने संविधान विपरितका निर्णय खारेज गर्न सडकवाटै संसद पुनर्स्थापना हुन्छ’ उनले थपे–‘यसअघि पनि सडकवाटै संसद पुनर्स्थापना भएको र सभामुखले सडकवाट वैठक वसालेको उदाहरण छ ।’

संसद पुनरस्थापना हुन नदिन सर्वोच्चका न्यायाधिसलाई प्रभावमा पार्नेदेखि न्याय खरिद विक्रि गर्न साढे १३ करोड रुपैयाँ अदालत पुगिसकेको कुरा समेत वाहिर चर्चामा आईसकेको उनले खुलासा गरे । 


युवा कम्युनिष्ट नेता रामप्रसाद रिजालसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नु होला।


यो पनि

‘ओलीले सहयोद्धाकै राजनीति ध्वस्त वनाए, प्रचण्ड–माधव समुहले जनतासँग माफ माग्नुपर्छ’

केपी शर्मा ओली मानसिक रुपमा अस्वस्थ रामप्रसाद रिजाल

विशेष