News राजनीति

‘गम भुलेर’ नेता पौडेलले गरे पुल उद्घाटन

‘गम भुलेर’ नेता पौडेलले गरे पुल उद्घाटन

तनहुँको ब्यास नगरपालिका स्थित विवादित पुल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्।

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १ः३५ बजे उद्घाटन गरिएको हो । पौडेलले रिवन काटेर पुल उद्घाटन गरेका हुन्।

पुल उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेताहरू पनि सहभागी छन्।

पुल रहेको स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित भएर प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए।

बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो। प्रहरीले आफुलाई लछार पछार समेत गरेको पौडेलले वताएका छन् । सोहि आक्रोशसमा कार्यकर्ता नारावाजीमा उत्रिएका हुन् ।

नेकपाले नेकपा नेताकै हातबाट पुल द्घाटन गर्नुपर्ने बताएपछि दुवै पार्टीका कार्यकर्ता विच विवाद हुँदै आएको थियो । विवाद वढ्दै जाँदा झडप हुने अवस्था आएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । 

२०७३ सालमा सुरू भएर ०७५ सालमा निर्माण सम्पन्न भएको पुल अहिले आएर उद्घाटन गरिएको हो । 
 

विशेष