‘नेतृत्वको अन्धभक्त नवनौं, नेतालाई देउरालीको ढुंगो मान्न हुन्न’
नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले शीर्ष नेतृत्वको अन्ध भक्त वा अन्धो विरोधले पार्टीलाई नै हानि पु¥याउने वताएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शुक्रबार आयोजना गरेको गुट भेलालाई सम्बोधन गर्दै नेता न्यौपानले यस्तो वताएका हुन् ।
‘नेताहरुको अन्धभक्त भएर विरोध र समर्थन नगरौं। ब्यक्ति विशेषलाई देउरालीको ढुंगो मान्न हुन्न’ उनले भने–‘यसले पार्टीलाई नै हानी गर्छ ।’ पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै न्यौपानेले उनकै कारण पार्टीको छवि धुमिल भएको दाबी गरे।
उनले जनताका विचमा ‘कम्युनिष्ट हुँ’ भन्दै जाने हो भने ढुंगामुढा खानुपर्ने स्थिति आएको वताए । ‘कम्युनिस्ट हु भन्दा ढुंगा खाईएला भन्ने डर छ। यस प्रकारका कमजोरी सच्याउन पर्छ।’