भुटानसँगको विवादित सीमा क्षेत्रमा संरचना बनाउँदै चीन, स्याटेलाइट तस्बिरबाट खुल्यो पोल
चीनले छिमेकी मुलुकहरुको भूमि अतिक्रमण गर्ने गरेको प्रमाण थप फेला परेका छन् । भारतसँग सीमा विवादका कारण समस्या सिर्जना गरेको चीनले भुटानको भूमिमा पनि संरचनाहरु बनाइरहेको पाइएको छ ।
नयाँ स्याटेलाइट तस्बिरहरुमा देखिए अनुसार चीनले हिमालयन मुलुक भूटान र भारतको उत्तरपूर्वी क्षेत्रको विवादित सीमामा संरचना निर्माण गरिरहेको देखिएको छ । सन् २०१७ मा चीन र भारतबीच भएको एक महिना लामो युद्धको भएको क्षेत्र डोक्लाममा चीनले संरचनाहरु बनाइरहेको पाइएको हो ।
अमेरिकास्थित उपग्रह अपरेटर म्याक्सार टेक्नोलोजीका अनुसार अक्टोबर २८, २०२० को तस्बिरहरूले देखाउँछ, "यस वर्ष तोरसा नदी उपत्यका क्षेत्रमा स्पष्ट रूपमा उल्लेखनीय निर्माण गतिविधि भइरहेका छन् ।" एक विज्ञप्तिमा म्याक्सारले डोक्कलाम क्षेत्र नजिकै "नयाँ सैन्य भण्डारण बन्कर" पनि निर्माण गरिएको जनाइएको छ ।
म्याक्सारले स्याटेलाइट तस्बिरहरुले भुटानको भूमिमा पाङ्डा गाउँ निर्माण गरेको छ । सन् २०१७ मा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको बिन्दुमा चिनियाँ पक्षकले आपूर्ति डिपो बनाएको देखाइएको छ ।
एक विज्ञप्तिमा भारतका लागि भुटानी राजदूत मेजर जनरल वेत्सोप नामग्यायलले भने, "भुटान भित्र कुनै चिनियाँ गाउँ छैन ।"
चिनियाँ मन्त्रालयले भनेको छ, "चीनको आफ्नै क्षेत्रमा निर्माण गतिविधि पूर्णरूपमा चीनको सार्वभौमिकताको दायराभित्र गरिरहेको छ र कुनै गलत कामहरु गरेको छैन ।" भारतको विदेश मन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।