News राजनीति

प्रचण्डको प्रश्ताव फिर्ता नहुने भएपछि ‘साझा प्रस्ताव’ का लागि ओलीको खुसामत

प्रचण्डको प्रश्ताव फिर्ता नहुने भएपछि ‘साझा प्रस्ताव’ का लागि ओलीको खुसामत

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गतेको सचिवालय वैठकमा पेश गरेको राजनितिक प्रश्ताव फिर्ता लिनु पर्ने अडानमा थिए । तर, वहुमत सचिवालय सदस्यले उक्त प्रस्ताव छलफल गर्नु पर्ने जिकिर गरेपछि ओलीले अव आफुसहितको दुवै प्रस्तावलाई साझा वनाउन प्रयास सुरु गरेका छन् ।

प्रचण्डले वैठकमा पेश गरेको राजनीतिक प्रस्तावको जवाफमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले मंसिर १३ गतेको वैठकमा अर्को प्रश्ताव  पेश गरेका थिए ।

दुवै प्रस्तावलाई साझा वनाउन ओलीको प्रयास जारी छ। सोहि क्रममा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रवार विहान ‘प्रचण्ड’ सँग भेट गरेका छन् । प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल खुमलटार पुगेका थिए।

प्रचण्डसँग भएको भेटमा उनले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ। यसअघि विहिवार पनि महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्। प्रधानमन्त्री ओली पक्षधरले भने सुरुमा प्रचण्डाको प्रश्ताव फिर्ता गरेर माफि माग्नु पर्ने वताउँदै आएपनि पछिल्लो समय भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।
 

विशेष