सीमा समस्यालाई भारतले पनि स्वीकारेको छः परराष्ट्र मन्त्री ज्ञावली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारत दुवै देशले सार्वजनिक गरेको प्रशासनिक नक्साका कारण बन्द भएको संवादहीनता अन्त्य भएको वताएका छन् । सिमा समस्यालाई दुवै देशले औपचारिक रुपमै स्विकार गरेकाले त्यसको समाधानका लागि छलफलको वाटो खुलेको पनि उनले वताए ।
‘सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन्’ उनले भने–‘नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको छ । सीमा समस्यालाई एजेन्डाका रूपमा राखिएको छ।’
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सरकारको धारणा राख्दै मन्त्री ज्ञावलीले भारतसँगका विवाद वार्ताबाट समाधान गर्ने बाटोमा अगाडि बढेको बताए। भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको उनको भनाई छ ।
भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग शिष्टाचार भेट गरेको र नेपाल भ्रमणको क्रममा सबै विषयमा छलफल गरेको उनले वताए । नेपालले भारतसँगको व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धिमा संशोधन चाहेको र त्यसबारे पनि आगामी दिनमा छलफल हुने कुरा भएको उनले जानकारी दिए ।
दुवै मुलुकको उच्च स्तरको दुवै मुलुकका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक हुने तय भएको जानकारी दिएका ज्ञावलीले भारतले बैठकको आयोजना गर्ने तयारी गरेको वताए ।
यसैगरी, चीनका रक्षामन्त्री वेई फेङहेको भ्रमण नियमित भएको मन्त्री ज्ञवालीले बताए । दुवै देशका सेनाबीचको सहकार्यलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।