इटहरीमामा पाँच सय शैय्याको अस्पताल निर्माणका लागि तयारी सुरु
सुनसरीको इटहरीमा ५ सय शैय्याको अस्पताल निर्माणका लागि तयारी सुरु भएको छ । सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति समिति समेत गठन भएको छ ।
इटहरी उपमहानगरले आयोजना गरेको वैठकमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, इश्वर भटटराई, हेमकर्ण पौडेल, रोहित प्रसाँई, हेम घिमिरे, भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल समिति सदस्य रहेको समिति निर्माण गरिएको हो ।
श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति वनाईएको बताइएको छ ।
सरोकारवाला सबै पक्ष उपस्थित भएको सो बैठकले जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता, प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम बस्नेत रहेका छन् ।
हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले बैठकमा हस्पिटलको अवधारणा पेश गरेका थिए ।