News

असफल भयो नेकपाको सचिवालय : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने

असफल भयो नेकपाको सचिवालय : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गर्न असफल भएको छ ।


प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल पक्षविचको विवाद समाधान गर्ने अन्तिम प्रयास पनि आज असफल भएको हो । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस गर्ने निर्णय गर्दै वैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए ।

सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कात्तिक २८ मा दाहालद्वारा प्रस्तुत १९ पृष्ठको प्रस्ताव र त्यसको जवाफमा ओलीले मंसिर १३ मा प्रस्तुत गरेको ३८ पृष्ठ लामो प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको हो ।

ओलीले दाहालको प्रस्ताव आरोपपत्र भएको भन्दै फिर्ता लिनुपर्ने अडान राखेका छन् । तर, सचिवालयका बहुमत सदस्यले दुवै प्रस्ताव छलफलमा गइसकेको बताएका छन् । दुवै प्रस्ताव थाती राखेर साझा प्रस्ताव बनाउने ओली समूहको प्रस्ताव दाहाल–नेपाल समूहले अस्वीकार गरेको थियो । 
 

विशेष