बहरानइनमा आपतकालिन रुपमा कोरोनाको खोप प्रयोग गर्न स्विकृति
कोरोनाको विरुद्धमा बनाइएको फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न बहराइन सरकारले स्विकृति दिएको हो ।
बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ । यसअघि बुधबार बेलायतले यही खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिएको थियो ।
देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्विकृति दिएको हो ।
झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना संक्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ ।
एजेन्सीको सहयोगमा