झापामा राजावादीको प्रदर्शन– यो कास्टिङ मात्रै हो, क्लाइमेक्स बाँकी छः लिङदेन
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा मोटरसाईकल र्याली निकालेको छ ।
काँकडभिट्टाबाट शुरु भएको राप्रपाको मोटरसाईकल र्याली बिर्तामोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मोटरसाईकल र्यालीमा सहभागिहरुले संघीयता खारेजीको माग गरेका छन् । र्याली हजारौंको सहभागिता थियो ।
प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए ।
बिर्तामोडमा भएको कोणसभालाई राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले सम्वोधन गरेका थिए ।
राजसंस्था तथा हिन्दुराष्ट्र देशको आजको आवश्यक्ता भएको नेता लिङदेनले बताए । उनले जनचाहना बिपरीत मुलुकलाई संघीयतामा लगिएको आरोप लगाए । राजसंस्था स्थापनाका लागि देशभर हुँदै गरेको आन्दोलनको नेतृत्व राप्रपाले गर्ने भन्दै लिङदेनले चाँडै नै काठमाण्डौ घेर्न जान कार्यकतालाई तयार रहन आग्रह गरे ।
शनिवारको प्रदर्शन शुरुवात मात्रै भएको र अवका दिनमा अझै भब्य प्रदर्शन हुने वताए । ‘यो प्रदर्शन कास्टिङ मात्रै हो’ उनले भने–‘क्लाइमेक्स आउन बाँकी छ ।’
यो पनि
‘राजतन्त्रले थुपारेको फोहर गणतन्त्रामा सोहोर्न भ्याइएन भनेर फोहोरको डुंगुरमा फर्कने ?’