News विदेश

चिनियाँ अधिकारीलाई अमेरिकामा निगरानी र प्रतिबन्ध

चिनियाँ अधिकारीलाई अमेरिकामा निगरानी र प्रतिबन्ध

अमेरिकाले चिनियाँ अधिकारीमाथि निगरानी र प्रतिबन्ध बढाएको छ। चीनमा मानव अधिकार हननको खुलासा गर्नेहरुलाई यातना दिने अधिकारीहरुलाई अमेरिकाले प्रतिबन्ध लगाएको हो।

अमेरिकामा सत्ताबाट बाहिरिँदै गरेको ट्रम्प प्रशासनले चीनविरुद्ध यस्तो कदम उठाएको हो। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनमा प्रोपोगाण्डामा संलग्न र युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टसँग संलग्नविरुद्ध प्रतिबन्ध लगाइएको जनाएका छन्। 

चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बद्ध फ्रन्टमाथि धम्की दिने र शारीरिक हिंसामा संलग्न भएको आरोप लाग्ने गरेको छ। उनीहरुले चीन प्रशासित उइगुर र तिब्बतमा चिनियाँ यातनाको खुलासा गर्नेहलाई शारीरिक यातना दिने गरेको बताइएको छ। पोम्पियोले यस्ता व्यक्तिहरुले अन्तर्राष्ट्रिय कानुनको अवहेलना गर्ने गरेकाले उनीहरुलाई अमेरिकाले स्वागत नगर्ने बताएका छन्।
एजेन्सीको सहयोगमा
 

विशेष