News राजनीति

‘राजतन्त्रले थुपारेको फोहर गणतन्त्रमा सोहोर्न भ्याइएन भनेर फोहोरको डुंगुरमा फर्कने ?’

‘राजतन्त्रले थुपारेको फोहर गणतन्त्रमा सोहोर्न भ्याइएन भनेर फोहोरको डुंगुरमा फर्कने ?’

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले २४० बर्षसम्म राजतन्त्रले थुपारेको फोहर १२ बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भनेर फेरी फोहोरको डुंगुरमा फर्कने की सबै मिलेर सफा गर्ने भन्दै राजावादीहरुलाई प्रश्न गरेका छन् ।

राजसंस्था र हिन्दु राष्ट्रको मागसहित देशका विभिन्न स्थानमा प्रदर्शनहरु हुन थालेपछि शनिवार ट्विटर मार्फत उनले यस्तो प्रश्न गरेका हुन् ।


उनले लेखेका छन्– ‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्नः २४० बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, वेरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर १२ बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’


 

विशेष