स्थायी कमिटीलाई ओलीको पत्रः प्रचण्डको प्रस्तावमा कुनै पनि कमिटीमा छलफल गर्न सकिदैन
सत्तारुढ दल नेकपाको स्याथी समिति बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भए ।
ओलीले बैठकमा आफू अनुपस्थित हुनुको कारणबारे पत्र पठाएका थिए । बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए । पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने बताएका छन् ।
प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले आरोप र लान्छना पत्र भनेका छन्। उनले उक्त प्रस्तावमा कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । प्रचण्डको जवाफामा उनले १३ मंसिरको सचिवालय बैठकमा ३७ पृष्ठको जवाफि प्रस्ताव पेस गरेका थिए ।
ओलीको अडान विपरीत नेकपा सचिवालयको शनिबार बसेको बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।
यहि कारण जनाउने ओली स्थायी कमिटिको वैठकमा उपस्थित भएनन् । अर्को बैठक २८ मंसिरमा बस्नेछ । यसबीचमा औपचारिक र अनौपचारिक छलफल जारी रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए ।
२५ मंसिरमा बोलाइएको केन्द्रीय समिति बैठक पुस ५ गतेसम्मका लागि सारिएको छ ।