ओलीले फायरिङ खोलेपछि जवाफी फायरिङ गर्दा यो परिस्थिति आयोः प्रचण्ड
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको जारी विवाद प्रधानमन्त्री ओली एवम् अध्यक्ष केपी शर्मा ओलीका कारण उत्पन्न भएको वताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्डले यस्तो वताएका हुन। ‘उहाँ (ओली) ले सुरूमा फायरिङ खोलेपछि हामीले पनि जवाफी फायरिङ गर्दा अहिलेको परिस्थिति आएको हो’–उनले भने
बैठकका लागि लेखेको पत्रका विषयमा अनौपचारिक छलफल गरी समस्याको समाधान निस्काल्न सकिने अवस्था भएपछि ओली सार्वजनिक रूपमा उत्रिएको दाहालले वताए ।
नेतृत्व हस्तान्तरका विषयमा वोल्दै उनले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताए। ‘गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो सामान्य कुरा हो, हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो होइन,’ दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने।
यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए।
स्थायी कमिटी वैठक मंसिर २८ गतेसम्मका लागि स्थगित गरिएको छ ।