भारतीय विदेशसचिव श्रृंगलाद्वारा राजाको प्रशंसा, के हो आसय ?
स्कुलको उद्घाटन, तर राजाको प्रशंसा ! भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगलाले दुई दिने नेपाल बसाइमा यस्तो गरेपछि त्यसको अनेकन अर्थ लगाइएको छ ।
भ्रमण तालिकाअन्तर्गत भारतीय सहयोगमा गोरखा र मनाङमा निर्मित केही भौतिक संरचनाको अवलोकन तथा उद्घाटन क्रममा त्यस्तो अभिव्यक्ति आएको हो । उनले गोरखा पुगेर बडामहाराजधिराज पृथ्वीनारायण शाहको प्रशंशा गरेकोमा विभिन्न अर्थ लगाइएको छ । ‘नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायणको भूमिमा टेक्न पाउँदा खुशी लागेको, श्रृंगलाले बताएका थिए । नेपाल हिन्दू राज्यको रुपमा रहेको हेर्न चाहने पार्टी बिजेपी अहिल भारतीय सत्तामा छ र यसैवीच नेपालमा राजसंस्था पुनस्र्थापनासँगै हिन्दू राज्यको माग लिएर प्रदर्शनहरु तीव्र पारिएका छन् ।
भनिन्छ, उनको अभिव्यक्तिबाट राजावादीलाई उर्जा मिलेको छ । अचम्म के छ भने, भारतले १५ वर्षअघि उनै पृथ्वीनारायणका वंशज ज्ञानेन्द्रलाई २४० वर्षको राजतन्त्रसिहत हटाउन नयाँदिल्लीमा दलहरुबीच बाह्रबुँदे संम्झौतामार्फत सहयोग गरेको थियो । नीतिका हिसाबमा भारतले राजालाई समर्थन गर्नुको कुनै कारण छैन । तर, नेपाली संस्थापनलाई धम्क्याउन वा अस्थिरता ल्याउन त्यसो गरिएको हुनसक्ने एकथरी अतिवादी बुद्धिजीवीको अनुमान छ ।
उनले आफू ऐतिहासिक गोरखा भूमिमा पदार्पण हुन पाएकोप्रति गर्व गर्दै भनेका थिए, ‘म भाग्यमानी छु ।’ उनले गोरखा भूमिको महत्वबारे पनि राम्रै चर्चा गरे । भारतीय सेनामा अलग्गै गोर्खा पल्टन छ । पृथ्वीनारायणलाई नेपाल र नेपाली गोर्खाका नाममा विश्वभर चिनिँदै आएको प्रसंगसँग जोडेर स्मरण गरेको धारणा राख्नेको संख्या पनि बाक्लो छ । पृथ्वीनारायण नेपाल एकीकरणका सशक्त सूत्रधार हुन् ।
यसै कारण कट्टरपन्थी नेपाली कम्युनिष्टहरू उनलाई सामन्ती अधिनायक मान्छन् भने जनजाति र मधेशीको एउटा तप्का पनि उत्तिकै तिक्त धारणा राख्छन् । उनैका सन्ततिले पछि गोर्खा राज्य विस्तार गर्दै पूर्वमा टिष्टादेखि पश्चिममा देहरादूनसम्म पु¥याएका हुन् ।
त्यसो त श्रृंगला आफैँ नेपालीमूलकी आमाको कोखबाट जन्मिएका सन्तान र नेपालीका ज्वाइँ पनि हुन् । नेपाली भाषा प्रष्टसँग बोल्न जानेका श्रृंगलाले यसपटकको भ्रमणमा ठाउँ–ठाउँमा नेपालीबाटै कतिपय मानिससँग कुराकानी गरेका थिए ।
यो सामग्री जन आस्थावाट साभार गरिएको हो।