राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने एनजीओलाई कारवाही !
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने एनजीओलाई सरकारले कारवाही गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनजीओ विरुद्ध कार्वाही सुरु गरेको हो ।
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने एनजीओलाई सरकारले कारवाही गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनजीओ विरुद्ध कार्वाही सुरु गरेको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसिई नेपालको सदस्य संस्था ग्लोवल एक्सन नेपाल नामक गैरसरकारी संस्थाले मन्त्रालयको नाम र नेपाल सरकारको निशाना छाप अनाधिकृत रूपमा प्रयोग गरेकोले कारवाही गर्ने प्रक्रिया सुरू गरिएको आइतबार विज्ञप्ति जारी गरी जानकारी दिईएको छ ।
निशान छापसमेत अनाधिकृत रूपमा प्रयोग गरेको भेटिएकोले प्रचलित कानुनबमोजिम कारवाहीका लागि सम्बन्धित निकायमा लेखि पठाइसकिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।
आयोगमा रहेका १३ सदस्यले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीलाई वुझाएको उक्त प्रतिवेदन सरकारले सार्वजनिक नगरेको भन्दै उनीहरूले असन्तुष्टि समेत जनाएका थिए ।