News

जिप दुर्घटना हुँदा वडा सचिवसहित तीन जनाको घट्नास्थलमै मृत्यु

जिप दुर्घटना हुँदा वडा सचिवसहित तीन जनाको घट्नास्थलमै मृत्यु

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय डोटीका एसपी जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्वरको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, करिव ५५ वर्षिया उनकी सासू, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट छन्। 

घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन्। 
जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । 
(रासस) 
 

विशेष