News

व्यापार सहजीकरण गर्न नेपाल–भारत संयुक्त विजनेस फोरम गठन गर्ने सहमति

व्यापार सहजीकरण गर्न नेपाल–भारत संयुक्त विजनेस फोरम गठन गर्ने सहमति

नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आईजीसी) को भर्चुअल वैठक सोमवार सम्पन्न भएको छ । वैठकले दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन गर्ने समझदारी गरेको छ।

बैठकमा व्यापार तथा पारवाहन सन्धीको बृहत समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवद्र्धनका लागि भएका पहल तथा प्रयास, दुबै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा सहकार्यको विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ ।

बैठकको नेतृत्व नेपालतर्फ वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए भने  भारतको तर्फबाट उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रले गरेका थिए ।
 

विशेष