उत्तर प्रदेशका पूर्व मूख्यमन्त्री अखिलेश यादव पक्राउ
उत्तर प्रदेशका पूर्व मूख्यमन्त्री एवं समाजवादी पार्टीका नेता अखिलेश यादवलाई प्रहरीले हिरासतमा लिएको छ। भारतमा चर्किएको किसान आन्दोलनमा सहभागी हुनका लागि घरवाट निस्केका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।
सरकारले ल्याएको कृषि कानुनविरुद्ध उत्तर प्रदेशको कन्नौजमा हुनलागेको ‘किसान यात्रा’ मा सहगाभी हुन उनी सोमबार घरबाट निस्केका थिए ।
यादवलाई कन्नौज जानबाट रोक्नका लागि लखनऊस्थित उनको घरबाहिर प्रहरीको बाक्लो उपस्थिति थियो। उनी निस्कन लागेपछि प्रहरीले बाटोसमेत रोकेको थियो।
त्यसपछि उनी सडकमै धर्ना बसेका थिए। सोहि क्रममा उनलाई प्रहरीले कार्यकर्तासहित नियन्त्रणमा लिएको भारतीय संचार माद्यमले जनाएका छन् ।