News

‘राजसंस्था र हिन्दु राष्ट्र देशको अस्तित्व र पहिचानसँग जोडिएको विषय हो’ 

‘राजसंस्था र हिन्दु राष्ट्र देशको अस्तित्व र पहिचानसँग जोडिएको विषय हो’ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको वताएका  छन् । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि स्वःस्फुर्त रुपमा हुने आन्दोलनमा राप्रपाको समर्थन रहने पनि बताए।

पार्टी कार्यालयमा सोमबार भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा थापाले भने–‘स्वःस्फूर्त रुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता छ। अव, राजा आऊ देश बचाउ होइन, जनता आऊ राजा ल्याऊ देश बचाऔँ भनौं ।’

चुनाव चिन्ह हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको समेत थापाले वताए । गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गरेको उनको भनाई छ । उनले हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्ववारे प्रस्ट्याए ।

अध्यक्षहरु पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि कार्यक्रममा सम्वोधन गरेका थिए । 
 

विशेष