News

बलात्कार आरोपी सिद्धबाबाले सफाई पाए

बलात्कार आरोपी सिद्धबाबाले सफाई पाए

सिद्धबाबा उपनामले चिनिने कृष्णबहादुर गिरीले बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् । 

न्यायाधिस अर्जुनप्रसाद कोइरालाको सोमबारको एकल इजलासले गिरीमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । 


उनीमाथि लगाइएको अभियोगमा दाबी नपुगेकाले सफाइ दिने फैसला भएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । सरकारी वकिलले पेसी सार्न निवेदन दिएका थिए । तर न्यायाधीश कोइरालाले पेसी नसर्ने भन्दै सुनुवाइ अघि बढाएका थिए । 

सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनपुगेको तथा यसअघि गिरीको मुद्दा हेरिरहेका सरकारी वकिल सरुवा भएकाले पेसी सार्न माग गरेको थियो । 

एक अनुयायीले गिरीमाथि बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

विशेष