राजसंस्था र हिन्दुत्वको पक्षमा प्रदर्शन, घटेकै हो गणतन्त्रको आकर्षण ?
गणतन्त्रका नाममा राजनितिक दलमा देखिएको स्वच्छन्दता र स्वार्थका लागि लडाई गर्ने प्रवृत्तिका कारण पछिल्लो समय राजसंस्थाप्रति सर्वसाधारणको आकर्षण वढ्दै गएको छ । राजसंस्था र हिन्दुत्वको पक्षमा देशका प्रमुख सहरमा भएका प्रदर्शनमा मानिसहरुको सहभागितालाई हेर्दा गणतन्त्र प्रति मानिसको आकर्षण घट्दै गएको स्पष्ट संकेत पाईन्छ ।
अर्कोतर्फ कुनै पनि राजनीतिक दलको सहभागिता विना भएका आन्दोलनमा सर्वसाधारणको अत्यधिक सहभागिताले पनि नागरिक स्तरमा राजाप्रतिको आकर्षण वढ्दै गएको देखिन्छ। हाल भईरहेका कुनै पनि आन्दोलनमा राजनितिक दलको औपचारीक उपस्थिती देखिएको छैन । तर, राजसंस्था र हिन्दुत्वको पक्षमा प्रदर्शन सशक्त भइरहेको छ।
प्रदर्शनमा देखिएको जनसहभागिताले राजसंस्था र हिन्दुत्वको पक्षमा नागरिक आफै सजग हुँदै गएको स्पष्ट हुने शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ बताउँछन् । ‘राजार र हिन्दुराष्ट्रको पक्षमा देखिएका राजनितिक दलले पनि जनतालाई धोका दिए’ उनी भन्छन्–‘राजसंस्था र हिन्दुत्वको नाम बेचेर मत लिए। तर, अवसर आउँदा आफना वाचा विर्सेर मन्त्री वन्न तँछाड मँछाड देखियो।’
यहि धोकाले अहिले जनता दललाई विस्वास गर्ने भन्दा पनि आफै जाग्नु पर्छ भन्ने सोचमा अघि वढेका छन् । ‘लाखौ नेपाली जनता राजसंस्था र हिन्दुत्व चाहन्छन्’ उनले थपे–‘राजनितिक दलमा भएका नाम चलेका ब्यक्ति समेत अहिलेको प्रदर्शनमा देखिनु सकारात्मक पक्ष हो ।’
अध्यक्ष बस्नेतका अनुसार राष्ट्रवादी नेपाली जनताको आयोजनामा अहिले पनि विभिन्न जिल्लामा मोटरसाइकल र्यालीको तालिका सार्वजनिक भएको छ ।
जसअनुसार मंसिर २४ गते बर्दघाटमा ११ बजे, २६गते दमौलीमा ११ः३० बजे, बैतडीको टुँडीखेलमा ११ बजे मोटरसाइकल र्यालीको आयोजना हुनेछ ।
२६गते नै भैरहवामा १ बजे, २८ गते गौरमा ११ बजे, दार्चुलाको मालिा अर्जुनमा १२ बजे कार्यक्रम तय भएको छ । २८ गते नै पाल्पाको रामपुरमा १ बजे, २९ गते गोरखामा १ बजे र कपिलवस्तुको जीतपुरमा १२ बजे मोटरसाइकल र्याली हुनेछ ।
मंसिर ३० गते सिरहाको चोहर्वामा १ बजे, पुस १ मा बागलङुको भगवती मन्दिरमा १ बजेबाट र्याली सुरु हुनेछ । यी र्यालीहरुमा ‘धर्म साझा, देश साझा, राजा साझा’ ‘नेपाली जनता जागैँ राजा ल्याऔ ,देश र धर्म को रक्षा गरौं’ जस्ता नारा तय गरिएको छ ।