प्रधानमन्त्री ओलीले वोलाए सर्वदलिय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलिय बैठक वोलाएका छन् ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक वोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
’सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ’ उनले आफनो ट्विटरमा लेखेका छन्–‘बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ।’
नेकपाभित्र आन्तरिक विवाद चुलिएको र आफु समस्यामा पर्दै गएका वेला ओलीले सर्वदलीय बैठक वोलाएका हुन् ।