News

सिन्दुर पोते लगाएरै पतिको काजकिरिया !

सिन्दुर पोते लगाएरै पतिको काजकिरिया !

हिन्दु परम्परा अनुसार पतिको निधनपछि पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ। तर, यो परम्परालाई चुनौती दिँदै झापाको विर्तामोड नगरपालिका–८ की रेनुका नेपालले भने पतिको निधनपछि पनि सिन्दूर पोते त्यागिनन् । उनी घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर पतिको काजकिरियामा वसेकी छिन् ।

उनका पति केशव नेपालको ६१ वर्षको उमेरमा शनिवार निधन भयो। मिर्गौलाका रोगी रहेका केशव दुई साताअघि मोटरसाइकलको ठक्करवाट थप पीडित भए । बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत उनको स्वास्थ्यमा सुधार भएन । अन्ततः शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा उनको दाहसंस्कार गरियो ।

परम्परा अनुसार पत्नीले सिन्दूर पुछने गर चुरा फुटाउने प्रचलन छ । तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने वताईन। सिंदुर पोतेसहित सेतो लुगामा घर फर्किएर उनी पतिको किरिया वसेकी छिन् ।

पति इच्छाबमोजिम नै आफुले सिन्दूर र पोते नत्याग्ने निर्णय लिएको उनको भनाई छ । केशव नेपालका दुई छोरा र दुई छोरी छन् ।

विशेष