कोरोना विरुद्धको खोप लगाउन सुरु, ९० वर्षकी महिलाले लगाईन पहिलो खोप
बेलायतको उत्तरी आयरल्याण्ड निवासी ९० वर्षकी मार्गारेट कीनन फाइजर कोरोना भ्याक्सिन लगाउने विश्वकै पहिलो व्यक्ति बनेकी छन् ।
आगामी साता ९१ वर्ष पुग्ने मार्गारेटले खोपलाई ‘सबैभन्दा राम्रो जन्मदिनको उपहार’ बताएकी छन्।
उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजररबायोएनटेकले विकास गरेको खोप दिइएको थियो। वेलायतमा सो खोपको आठ लाख मात्रा आगामी केही सातामा लगाइने योजना छ।
सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई दिईने यो खोप यो महिनाको अन्त्यसम्ममा त्यहाँका ४० लाख नागरिकलाई लगाइने बताइएको छ।
वेलायत फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र पनि हो। सो खोपको चार करोड मात्रा किन्न वेलायतले फाइजरसँग सहमति गरेको छ।
बीबीसीको सहयोगमा