News राजनीति

राजावादीको आन्दोलन दवाउन आयोजित बैठकमै राजसंस्थाको पक्षमा नारा

राजावादीको आन्दोलन दवाउन आयोजित बैठकमै राजसंस्थाको पक्षमा नारा

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार वालुटारमा सर्वदलिय वैठक डाके। वैठक मुख्यतया आफनै दलवाट सरकार अप्ठ्यारोमा परेको जानकारी गराउने र राजावादीहरूले सडकमा लगाएको राजसंस्था पुनर्स्थापनाको मागमा केन्द्रित थियो ।

गणतन्त्र र धर्मनिरपेक्षताविरूद्ध देशका मुख्य शहरमा भईरहेका प्रदर्शन कसरी तह लगाउने भन्ने विषयमा छलफल गर्न वोलाईएको सोहि वैठकमा राजसंस्था पुनर्स्थापनाको माग उठेको छ । सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले संविधान जारी गर्ने चार राजनीतिक दलमध्ये राप्रपा पनि एक रहेको भन्दै संविधानमै राजाका लागि ठाउँ दिइनुपर्ने वताए ।

बैठकमा राप्रपाका नेताहरुले संविधान बनाउँदा चौथो पात्र आफूहरु नै भएको र संविधानप्रति समर्थन रहेको बताए । उनीहरुले राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनमा नैतिक समर्थन रहेको पनि पनि बताएका छन् ।

बैठकपछि राप्रपाका नेता दीपक बोहोराले आफुहरुले राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा सर्वदलीय बैठकबाट छलफल र निर्णय गरौं भनेर प्रस्ताव राखेका वताए ।

बोहोराले भने, ‘यो आन्दोलनबारे चासो सबै पार्टीको थियो, तर हामीले दिएको विकल्पबारे कसैले जवाफ दिएन।’

गणतन्त्र र संविधानका पालक प्रधानमन्त्री ओलीले त्यसको प्रतिवाद गर्न नसकेको भन्दै नेकपाका नेताहरूले असन्तुष्टि ब्यक्त गरेका छन् ।

विशेष