News

सिद्धवावाको हिंसामा परेकी महिलालाई महान्यायाधिवक्ता र प्रधानन्यायाधिसले भेटेनन् !

सिद्धवावाको हिंसामा परेकी महिलालाई महान्यायाधिवक्ता र प्रधानन्यायाधिसले भेटेनन् !

बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत, सुनसरीको फैसला विरुद्ध पीडितले प्रधानन्यायाधीश समक्ष गुहार माग्न सर्वोच्च अदालत पुगेकी छिन् ।

पीडित महिला मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेकी हुन् । आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च पुगेकी महिलाले प्रधानन्यायाधीशलाई भेटन भने पाईनन् ।

त्यसपछि उनी महान्यायाधिवक्ताको कार्यालय पुगिन। तर, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग पनि उनको भेट नभएपछि विक्षिप्त भएर फर्केको श्रोतले जनाएको छ । 

वलात्कारको मुद्दामा पीडकलाई सफाई दिने जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ताको कार्यालयले पनि गम्भीरता देखाएको छ । महान्यायाधिवक्ता खरेलले त्यस विषयमा प्रधानन्यायाधीशसँग भेट गरेका छन् । उनले फैसलामा भन्दा पनि प्रक्रियामा प्रश्न उठाएको सर्वोच्च श्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले मिसिल नभएकाले पेशी सार्न माग गर्दै जिल्ला अदालत सुनसरीमा निवेदन दिएको थियो । तर जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सरकारी वकिलको कार्यालयको पत्रलाई वेवास्ता गर्दै एकपक्षीय बहस सुनेर गिरीलाई सफाइ दिने फैसला सुनाएको पाईएको छ ।

विशेष