बालुवाटारमा सुरु भयो सर्वदलिय वैठक
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलिय वैठक सुरु भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति छ।
बैठकमा राजावादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । राजावादीहरुले केही समय यता काठमाडौंसहित देशका मुख्य सहरहरुमा प्रदर्शन गर्दै आएका छन् ।
कुनै पनि राजनीतिक दलको औपचारीक आयोजना विना नै भएका आन्दोलनमा सर्वसाधारणको अत्यधिक सहभागिता गणतन्त्र पक्षधरको टाउको दुखाई वनेको छ । नेकपाका नेता जनादर्न शर्माले त प्रशासनकै संरक्षणमा गणतन्त्र विरोध क्रियाकलाप भईरहेको आरोप समेत लगाएका छन् ।
आजको सर्वदलिय वैठक पछिल्लो राजनितिक घटनाक्रम र राजतनन्त्रका पक्षमा भईरहेका प्रदर्शनका विषयमा केन्द्रित हुन सक्ने जनाईएको छ ।