News

बढ्यो सगरमाथाको उचाइ, नयाँ उचाइ ८,८४८.८६ मिटर

बढ्यो सगरमाथाको उचाइ, नयाँ उचाइ ८,८४८.८६ मिटर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सुन्य दशमलव ८६ मिटरले बढेको छ । नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइका वारेमा जानकारी दिएका हुन् ।


नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन्।

नेपाल सरकार र चीन सरकारको छुट्टाछुट्टै  टोलीले सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाका थिए ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । हालसम्म यही उचाइलाई सबैले मान्दै आएका थिए । तर, चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो ।

सोहि सहमति अनुसार दुवै देशका टोलीले सगरमाथाको छुट्टाछुट्टै मापन गरेका थिए ।

विशेष