News

वर्तमान सरकारले शासन गर्ने नैतिकता गुमायोः कांग्रेस

वर्तमान सरकारले शासन गर्ने नैतिकता गुमायोः कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले शासन गर्ने अधिकार गुमाई सकेको वताएका छन् ।

बालुवाटारमा तिन घण्टा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गर्दै यो सरकारको कामकारवाहीबारे कांग्रेसले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम नगरेको पाइएको उनले वताए ।

बैठकको सुरूमै प्रधानमन्त्री ओलीले प्रतिगमनकारी शक्ति सलबलाएको बताएका थिए। त्यसपछि आफनो वोल्ने क्रममा निधिले ‘संघीयता कमजोर पार्ने काम सरकारबाटै भइरहेको’ बताए। निधिले भने, ‘सरकारले संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ।’

‘यो सरकारसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन। यो हाम्रो आधिकारीक निस्कर्ष हो’ उनले भने–‘अहिले जे÷जति कुरा आएका छन्। यो तपाईंहरूकै कारणले भएको हो।’ सडकमा राजावादीका प्रदर्शनतर्फ संकेत गर्दै निधिले भने, ‘कांग्रेस संघीयता र गणतन्त्रको पक्षमा सधैं रहिरहन्छ।’

सरकार अधिनायकवाद प्रवृत्तिबाट सञ्चालित भइरहेको र भ्रष्टाचार पनि बढेको कांग्रेसको भनाइ थियो। 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए। 
 

विशेष