राजावादीको प्रदर्शन गणतन्त्रवादीहरुको नालायकीपनको नतिजा : रवीन्द्र मिश्र
साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्रवादीहरुको भ्रष्ट चरित्र र नालायकीपनले राजतन्त्रको पक्षमा जनलहर देखिएको वताएका छन् । हाल भईरहेको आन्दोलनलाई ‘प्रतिगमन सल्बलाएको’ भनेर पन्छाउन नमिल्ने पनि उनले बताए।
साझा पार्टी र विवेकशील नेपाली दलबीच एकताको घोषणा कार्यक्रममा वोल्दै अध्यक्ष मिश्रले भने–‘यो समस्या गणतन्त्रवादीहरुको नालायकीपनको नतिजा हो।’ दलका नेताहरुको भ्रष्ट चरित्रका कारण जनताको असन्तुष्टि सडकमा पोखिएको उनको भनाइ छ ।
संवैधानिक अधिकारको प्रयोग गरेर भएका शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्नुपर्ने उनले बताए ।
दृष्टिकोण मिले पनि नमिले पनि शान्तिपूर्ण रुपमा हुने आन्दोलनलाई सम्मान गर्नु पर्ने उको धारण छ ।
राजतन्त्र लगायतका कयौं विषयमा आफ्नो पार्टीभित्र फरक–फरक मत रहेको र त्यसलाई महाधिवेशनमार्फत टुंगो लगाउने उनले बताए ।
साझा र विवेकशील पार्टीबीच आज एकता भएर विवेकशील साझा पार्टी निर्माण भएको छ । उक्त पार्टीमा मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक छन् ।