News

भारतद्वारा निर्मित विद्यालयकाे प्रचण्डले गरे उद्घाटन

भारतद्वारा निर्मित विद्यालयकाे प्रचण्डले गरे उद्घाटन

नुवाकोट - भारतले भूकम्प पश्चातको पुनर्निर्माण परियोजनाअन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माविको भवन निर्माण गरेको छ ।

उक्त विद्यालय भवनको औपचारिक उद्घाटन सोमबार पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे । नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे मावि सन् १९९० (विसं २०४६ साल) मा स्थापना भएको हो ।

भारत सरकारको ३ करोड ९५ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लक रहेका छन् ।

यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष