News

फोन नउठाएको झोकमा प्रेमिकाको हत्या

फोन नउठाएको झोकमा प्रेमिकाको हत्या

विराटनगर। सुनसरीको दुहवी नगरपालिका-६ की सम्झना खत्री परियारको हत्या  प्रेमीले गरेको रहस्य सार्वजनिक भएको छ। गत शुक्रबार बिहान विराटनगर महानगरपालिका-१२ मलहनुवा शव फेला परेको थियो। उनलाई प्रेमी सुरेन्द्रप्रसाद साहले हत्या गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो। 

सम्झना मंगलबार बिहानदेखि घरबाट हराएकी थिइन्। साहले फोन नउठाएको झोकमा हत्या गरेको मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए। विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रहरीले घटनाको रहस्य सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा एएपी अधिकारीले भने, ‘फोन नउठाएर खोज्न गएका साहले कहाँ गएको भन्दै सोध्दा सम्झनाले जवाफ नदिएपछि हत्या गरेको बयानबाट खुलेको छ।’

सुनसरीको  दुहवी नगरपालिका-६ काली मन्दिर नजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना विगत ३ वर्षदेखि साहसँगको प्रेम सम्बन्धमा थिइन्। सप्तरीको कृष्णश्रवण गाउँपालिका-३ मट्टीगढा घर भइ हाल बुढीगंगा गाउँपालिका-३ पोठियामा डेरा गरी बस्दै आएका साह क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर इन्चार्जको रूपमा कार्यरत छन्।  २५ वर्षीय साहको  सोही फ्याक्ट्रिमा काम गर्दा सम्झनासँग चिनजान भएको थियो। 

मंगलबार सम्झना १० बजेदेखि  सम्झना साहको सम्पर्कमा नरहेकोे अनुुसन्धानले देखाएको छ। उनले यो बीचमा पटकपटक फोन गरेको देखिन्छ। एसपी अधिकारीका अनुसार पटकपटक फोन नउठेपछि साह सम्झनालाई घरमै भेट्न गएका थिएँ। घरमा पुग्दा ताल्चा लागेको देखेपछि साह  छिमेकमा सोधखोज गरेर निस्किएका थिए। 

घरमा पुग्दा र छिमेकमा सोधखोज गर्दापनि सम्झानालाई नभेटेपछिसाह फेरि फ्याक्ट्रीमै फर्किएका साह साँझ ४ बजेपछि फेरि सम्झना खोज्न निस्किएका थिए। सम्झनालाई बाँसघारी चोकमा भेटेका साहले बाइकमा राखेर विराटनगर महानगरपालिका-१२ मलहनुवा रिङरोड पुर्याएका थिए। 

फोन नउठाएको विषयमा केही बेरको वादविवादपछि साहले सम्झनाको सल घाँटीमा बेरी तान्दै उखुबारीमा पुर्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रिसकै झोकमा बाँसले घाटीमा प्रहार गरेर हत्या गरेको बयानको क्रममा साहले प्रहरीसमक्ष स्वीकार गरेका छन्। यो यो समाचर अन्नपुर्ण पोस्ट दैनिकबाट लिइएको हो।  

हत्या प्रेमिका फोन

विशेष