News

यसरी भए महाभारतकी द्रौपदीका पाँच श्रीमान

यसरी भए महाभारतकी द्रौपदीका पाँच श्रीमान

महाभारतकी पात्र द्रौपदीका पाँच पाण्डवहरु नै श्रीमान थिए । यद्धपी पूरा हिन्दुग्रन्थमा उनको अपमान कतै पनि भएको छैन । द्रौपदीलाई पाँच जना पति प्राप्त गर्ने वरदान स्वयं भगवान महादेवले नै दिएको किम्वदन्ती छ । अर्जुनले मात्र विवाह गर्न चाहेकी द्रुपद पुत्री कसरी सबै दाजुभाइकी स्त्री बन्न पुगिन् ? रोचक कारण यस्तो छ ।

वास्तवमा पाँच पाण्डवहरु आफ्नी माता कुन्तीलाई ढाँटेर ब्राम्हण भेषमा बसिरहेका थिए । उनीहरु भिक्षा मागेर जीवनयापन गरिरहेका थिए । राजा द्रुपदले पुत्रप्राप्त गर्न गरेको यज्ञमा पुत्र द्रुष्टध्यूम्नसँगै द्रौपदी पनि जन्मिएकी थिइन् । ब्राम्हण भेषधारी अर्जुनले यज्ञको सम्पूर्ण विधिविधान पूरा गरेर द्रौपदीलाई विवाह गरेका थिए । जव विवाह गरेर कुन्तीमाताको सम्मुखमा द्रौपदीलाई ल्याएर बिन्ती गरे, ‘माते हेर्नुहोस् हामीले आज भिक्षामा के ल्याएका छौं ?’ घरको काममा तल्लिन कुन्तीले हेर्दै नहेरी सबैले बाँडेर लिनु भनिन् । माताको वचनलाई खेर जान नदिइने यस महाभारत ययुमा अन्जानमै भएपनि माताले बोलेको कुरा पाण्डवहरुले शिरोधार्य गरे ।

भगवान शिवको वरदानले द्रौपदी हरेक सम्भोगपछि कुमारी नै हुने किम्वदन्ती छ ।

 

महाभारत द्रौपदी

विशेष