कायरा आँधीका कारण बेलायतमा हजारौं प्रभावित

एजेन्सी। बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन् । आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ ।आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।
आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड र वेल्स राज्य प्रभावित भएको बीबीसीेल जनाएको छ । आँधीले रेलवे सेवाहरु पनि अवरुद्ध भएको छ भने विभिन्न खेलकुद प्रतियोगिताहरु पनि प्रभावित भएका छन् ।
आँधीको प्रभाव बढ्दै गएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।आँधीका कारण विभिन्न उर्जा कम्पनीमा पनि क्षति पुगेको बताइएको छ ।
बेलायत आँधी