News

बिरालोले बाटो काटे के हुन्छ ? यस्तो छ शास्त्रीय मान्यता

बिरालोले बाटो काटे के हुन्छ ? यस्तो छ शास्त्रीय मान्यता

कतै हिंडेको बेला बिरालोले बाटो काट्नुलाई अशुभ मानिन्छ। वास्तु र शास्त्रका अनुसार बिरालोले बाटो काट्नुको अलग अलग शुभ र अशुभ अर्थ हुने बिश्वास गरिन्छ। आज हामी बिरालोले बाटो काट्नुको शास्त्रीय मान्यताको बारेमा बताउन जाँदैछौं, आउनुहोस, जानिराखौं 

यदि तपाई कतै जाँदै हुनुहुन्छ र बिरालोले तपाईको बाटो काट्यो भने तपाई एकछिन त अवश्य नै अडिनुहुन्छ। तर यदि बिरालोले तपाईको बाटो काटेको समय तपाईको दायाँबाट बायाँपट्टि गएको छ भने त्यसलाई शुभ मान्न सकिन्छ यसको अर्थ तपाई जुन कामका लागि घरबाट निस्कनु भएको हो त्यस काममा तपाईले सफलता अवश्य नै पाउनुहुनेछ।  

बिरालोले बाटो काटेको त्यतिबेला अशुभ हुन्छ जब कालो बिरालोले बाटो काट्छ।अन्य रंगका बिरालाले बाटो काट्नुले अशुभ संकेत दिंदैन।  

शास्त्रका अनुसार दिवालीको दिन यदि तपाइको घरमा बिरालो आएको खण्डमा त्यसलाई शुभ मानिन्छ।  

मान्यता अनुसार बिरालोले घरको सुख शान्तिको संदेश पनि प्रवाह गर्दछ।  

बिरालोले यदि तपाईको घरमा बच्चालाई जन्म दियो भने त्यसलाई शुभ मानिन्छ। बिरालो र उसको बच्चालाई हरेक दिन दुध पिलाउनाले घरमा सुख, समृद्धि छुने मान्यता रहेको छ।  

त्यस्तै यदि बाटोमा हिंडिरहेको बेला बिरालोले आफ्नो मुखमा च्यापेर केहि चिज लैजाँदै छ भने त्यसलाई शास्त्रमा शुभ मानिन्छ। 

बिरालो बाटो काट्नु

विशेष