News

विप्लव समूहका मोरङ इन्चार्ज राई नेकपामा प्रवेश

विप्लव समूहका मोरङ इन्चार्ज राई नेकपामा प्रवेश

काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ विप्लव नेतृत्वको नेकपाका मेची कोशी व्यूरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज उदय राई नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । सोमबार एक वक्तव्य निकाल्दै राईले नेकपामा प्रवेश गरेको जनाएका छन् । 

लामो समयदेखि विप्लव समूहमा रहेर विभिन्न पदभार समाल्दै आएका राईले वर्तमान समयको आवश्यकता भन्दै विप्लव समूह परित्याग गरी नेकपा प्रवेश गरेको वक्तव्यमा बताएका छन् । थवाङ महाधिवेशनपछि पार्टीले अख्तियार गरेको नीतिलाई नअपनाएको भन्दै राईले असन्तुष्टि व्यक्त गरेका छन् । 

उनले अर्थवादी दृष्टिकोणले प्रेरित भएको र व्यक्ति हत्या प्रवृत्तिमा उद्यत भएको कारण आफू पार्टीमा रहन नचाहेको बताएका छन् । राईले नेतृत्वमा सङ्कीणता, अराजता, व्यक्तिवाद हावी गर्दै अमुक व्यक्तिप्रति पूर्वाग्रही व्यवहार गरेको आरोप विप्लव समूहमाथि लगाएका छन् । 

नेकपाको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद उन्मूख भएकाले जनताको जनवाद कायम गर्न नेकपामा प्रवेश गरेको उनको वक्तव्यमा उल्लेख गरेका छन् । विप्लव नेतृत्वलाई मूल धारको नेकपामा आउन आह्वान गर्दै नेकपाको विधानको अक्षरस पालना गर्ने जनाएका छन् । 

विप्लव समूह नेत्रविक्रम चन्द ‘विप्लव’ विप्लव उदय राई

विशेष