भीरबाट खसेको ढुंगा लाग्दा नेकपाका जिल्ला नेताको मृत्यु

सिमकोटः भीरबाट खसेको ढुंगा लागेर हुम्लाको सर्केगार्ड गाउँपालिका–६ का टेकबहादुर ऐडीको ज्यान गएको छ । बराई गाउँ नजिकै रहेको मन्दिरमा पूजा गर्ने क्रममा भीरबाट खसेर आएको ढुंगा लागेर ऐडीको ज्यान गएको हो ।
४१ वर्षे ऐडी गाउँ नजिककै माडुमा पूजा गर्ने बेला आएको ढुंगा लागेर घटनास्थल मै मृत्यु भएको स्थानीय जनक ऐडीले बताए । मृतक उनको टाउको र शरीरमा चोट लागेको थियो ।
पूर्णिमाको दिन स्थानीय देवी देवताको पूजाआजा गर्ने गरिन्छ । मृतक ऐडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटि सदस्य थिए ।
हुम्ला टेकबहादुर ऐडी