News

पशुपति क्षेत्रमा नमस्कार अभियान

पशुपति क्षेत्रमा नमस्कार अभियान

काठमाडौँ। महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्र दर्शनका लागि आउने भक्तजनका लागि अविवादनस्वरुप अभियान सुरु गरिएको छ।  

नमस्कार नेपालीहरुको संस्कार रहेको र भ्रमण बर्ष पनि चलिरहेको हुँदा यस्तो अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताए।  

नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता रोगको सङ्क्रमण फैलिएका बेला बच्न समेत सहयोग पुग्ने उनले भनाइ छ ।  

पछिल्लो समय मानिसहरु आफ्नो संस्कृतिलाई भुलेर पश्चिमा संस्कृतिमा रमाउन थालीरहेका जागरणका लागि भए पनि यस्तो अभियान थलिएको कोषको भनाइ छ। 

यो अभियान सुरु भएसँगै अब पशुपति क्षेत्रमा आउने जोसुकै भक्तजनलाई हात नमिलाई नमस्कार अभिवादनमा लाग्न कोषले आह्वान गरेको छ । 

पशुपति नमस्कार अभियान

विशेष