News

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । प्रधानमन्त्री  नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार बिहान धापासीस्थित ग्राण्डी अस्पताल पुगेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको थियो । 
आइतबारकै पूर्व निर्धारित कार्यक्रममा पनि उनी सहभागी भएका थिएनन् ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको आइतबारको पूर्व निर्धारित कार्यक्रम ‘सगरमाथा राष्ट्रिय संवाद’कार्यक्रममा पनि उनी सहभागी नभई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । 
 

केपी शर्मा ओली ग्राण्डी अस्पताल

विशेष