News

लुम्बिनीमा महिलाको शव भेटियो

लुम्बिनीमा महिलाको शव भेटियो

लुम्बिनीः गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एक महिलाको शव भेटिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा पोखरीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

पहेँलो रङको साडी र नीलो रंगको स्वेटर, दुई वटा १० र चार वटा पाँच रुपैयाँको नोट, केही सिक्का, नाकको फुली समेत घटना स्थलमा फेला परेको ईप्रका लुम्बिनीका प्रहरी प्रमुख ईश्वर कार्कीले जानकारी दिए । महिलाको शव सडेका कारण पहिचान गर्न नसकिएको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि भीम अस्पताल पठाइएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख कार्कीले बताए ।

यसैगरी सियारी गाउँपालिका वडा नं. १ सोनारेत गाउँको पश्चिम तिनाउ खोलामा सोही गाउँ बस्ने अन्दाजी ५० वर्षीय धनीराम भन्ने दशबुन चाईको शव फेला परेको छ । भीम अस्पताल भैरहवामा शवको पोष्टमार्टम गरी प्रारम्भिक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

लुम्बिनी शव

विशेष