News राजनीति

राष्ट्रपतिद्वारा ६ वटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा ६ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।

संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश गरिएका ती ६ वटा विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको हो ।

 

विशेष