News

'अख्तियारका पदाधिकारीलाई महाभियोग लगाऔं'

'अख्तियारका पदाधिकारीलाई महाभियोग लगाऔं'

काठमाडौं - सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठकमा हिन्दीमा आफ्ना कुरा राखेकी छन् । उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणलाई लिएर अख्तियारले चलाएको मुद्दाबारे सभामुखको ध्यानाकर्षण गराइन् ।

पूर्वाग्रही ढंगले अख्तियारले काम गरेको भन्दै उनले तत्काल महाभियोग प्रस्ताव दर्ता गराउनुपर्ने बताइन् ।

अख्तियारले ‘मस्य न्याय’को सिद्धान्त अवलम्बन गरेको आरोप उनले लगाइन् । ‘कहीं न कहीं लेनदेन भएको छ’, उनले भनिन्, ‘सर्वोच्च अदालतका एक न्यायाधीशले जमिन फिर्ता गरे तब उनीविरुद्ध मुद्दा चलेन ।सत्ता पक्षका ठूला नेताका छोराले जमिन फिर्ता गरे, उनीविरुद्ध पनि मुद्दा चलाइएन ।’

जमिन फिर्ता गरेर अपराध स्वीकार गरेको उनको भनाइ थियो ।

विशेष